ट्याक्टरसँग ठोक्किँदा मोटरसाइकलमा सवार २ जनाको मृ*त्यु

काठमाडौँ । सर्लाहीमा ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । नयाँरोड सडकखण्डमा उखु बोकेको ट्याक्टर र मोटरसाइकल ठोक्किएर सोमबार राति दुर्घटना भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक बरहथवा–५, राजुचोकका हरिन्द्र महतो र सोही स्थानका पुरुषोत्तम दास छन् ।

सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार बरहथवा नगरपालिका–९ शान्ति चोकमा उखु बोकेर हरिवनतर्फ आउँदै गरेको ज१त ९८७६ नम्बरको ट्याक्टर र नयाँरोडबाट बरहथवा जाँदै गरेको ज४प ३७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *