झापा आएर प्रचण्डले भने, ‘केपी ओली जाली, कपटी र बेइमानी’

झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ‘जाली, कपटी र बेइमानी’ भएको टिप्पणी गरेका छन् । सोमबार झापामा पार्टीले आयोजना गरेको खबरदारी सभामा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘अहिलेका प्रधानमन्त्री देशको जाली, झेली, कपटी, बेइमानी । मेरो लागि त यति धेरै जाली, यति धेरै झेली मान्छे, जालझेल बाहेक उहाँको दिमागमा अरू केही छैन ।’

झापाको बिर्तामोडस्थित गिरिबन्धु टी स्टेटमा ओलीले गरेको बदमासीलाई पर्दाफास गरेरै छाड्ने दाबी पनि उनले गरे ।

आइतबार पर्साको वीरगञ्ज पुगेर प्रधानमन्त्री ओलीले प्रचण्डप्रति लक्षित गर्दै अर्काको काँधमा चढेर राज गरिरहने दिन सकिएको टिप्पणी गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *