खुम्बु क्षेत्रमा हिमपात, तापक्रम माइनस ११ डिग्री

सोलुखुम्बु । खुम्बु क्षेत्रमा यो हिउँदको पहिलो हिमपात भएको छ । शनिबार रातिदेखि भएको हिमपातका कारण यस क्षेत्रको तापक्रम निकै घटेको छ । हिमपातका कारण हिमालहरु सेताम्य देखिएका छन् । गाउँहरु पनि हिउँले ढाकिएका छन् ।

सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चेमा तापक्रम आज बिहान माइनस ११ डिग्री सेल्सियसमा झरेको छ । चिसो अत्यधिक बढेसँगै खुम्बु क्षेत्रका अधिकांश होटल बन्द भएका छन् ।

मौसम पूर्वानुमान महाशाखाले आज पनि खुम्बु क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । साँझ हिमपात हुने र भोलिबाट भने मौसम सफा रहने मौसमविद् हरिप्रसाद दाहालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *