बढ्दो दुर्घटना : १९१ जनाको मृत्यु, ३२७ घाइते

विराटनगर । कोशी प्रदेशमा ५ महिनाको अवधिमा भएका सवारी दुर्घटनामा १९१ जनाको ज्यान गएको छ । उक्त अवधिमा कोशीका विभिन्न जिल्लामा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका छन् ।

इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार उक्त अवधिमा भएका दुर्घटनामा ३२७ जना गम्भीर घाइते भएका छन् । कार्यालयका अनुसार २ हजार ८२ वटा मोटरसाइकल दुर्घटना भएका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्ममा प्रदेशभर तीन हजार ४९८ वटा सवारी दुर्घटना भएको कार्यालयले जनाएको छ । मोटरसाइकलपछि क्रमशः टेम्पो, जिप र कार दुर्घटना भएका थिए ।

धेरैजसो दुर्घटना तीव्र गति, लापर्बाहीका कारण भएको प्रहरीको भनाइ छ । यसैगरी सडकको अवस्थाका कारण पनि दुर्घटना बढिरहेको पाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *