शुक्रबार साँझदेखि हिउँदे वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । शुक्रबार साँझदेखि मुलुकका धेरै स्थानमा हिउँदे वर्षा हुन सक्ने अनुमान गरिएको छ । कतिपय उच्च क्षेत्रमा हिमपात पनि हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा विशेष बुलेटिन जारी गर्दै यो जानकारी दिएको हो ।

पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार साँझदेखि मुलुकका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

विभागले उक्त प्रणालीका कारण शुक्रबार अपरान्हदेखि शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थान र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम तथा गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

यसो भन्छन् मौसमविद्, हेर्नुहोस् भिडियो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *