टिकटक बनाउँदा खोलामा खसेर शिक्षिका र विद्यार्थीको मृ*त्यु

विराटनगर । तेह्रथुममा खोलामा डुबेर शिक्षिका र विद्यार्थीको मृत्यु भएको छ । टिकटकका लागि भिडियो बनाउने क्रममा खस्दा डुबेर उनीहरुको मृत्यु भएको जनाइएको छ ।

टिकटकका लागि भिडियो खिच्दा तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको खोरुङ्गा खोलाको खोंचमा खसेर गौखुरी माध्यमिक विद्यालयकी नर्स शिक्षिका रबिना राजवंशी र कक्षा ७ की विद्यार्थी सुस्मिता भट्टराईको मृत्यु भएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार शनिबार अपराह्न भएको घटनामा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो । प्रत्यक्षदर्शीहरुले प्रहरीलाई दिएको जानकारी अनुसार उनीहरु टिकटकका लागि भिडियो बनाउँदै गर्दा अचानक खोँचमा खसेका थिए ।

शनिबारको दिन बिदाको समयमा साथीहरूसँग शिक्षिका र विद्यार्थी विद्यालयको दक्षिणतर्फ रहेको खोरुङ्गा खोलामा घुम्न गएका थिए । त्यही क्रममा टिकटक भिडियो खिच्दै गर्दा उनीहरु खोंचमा खसेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *