फाइनल पुग्न जनकपुर र कर्णाली भिड्दै

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज बिहीबार जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दैछन्।

यी दुई टिमबीचको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ बजे शुरू हुने छ। यो खेलमा विजयी हुने टोलीले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ।

यसअघि हिजोको खेलमा जनकपुरलाई हराउँदै सुदूरपश्चिम पहिलो संस्करणको एनपीएल क्रिकेटको फाइनलमा पुगिसकेको छ।

हिजोको खेल हारे पनि जनकपुरले फाइनल पुग्न अर्को मौका पाएको छ। हिजै भएको इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा पुगेको हो। प्रतियोगिताको फाइनल खेल पर्सि शनिवार हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *