घरायसी विवादमा छुरा प्रहार गरी छोराको ह*त्या
जिल्ला प्रहरी परिसर भक्तपुर
काठमाडौं । छोराको हत्या गरेको आरोपमा प्रहरीले भक्तपुरका एक वृद्धलाई पक्राउ गरेको छ । घरायसी विवादमा ३१ वर्षीय छारा नरेन्द्रबहादुर शाहीको हत्या गरेको आरोपमा ६३ वर्षीय दीपबहादुर शाही पक्राउ परेका हुन् ।
उनले तरकारी काट्ने चक्कु प्रहार गरी मंगलबार राति छोराको हत्या गरेको प्रहरीको भनाइ छ । अछामको कमलनगर नगरपालिका–६ घर भएका उनीहरु भक्तपुर नगरपालिका–२ मा बस्दै आएका थिए ।
बुवाको चक्कु प्रहारबाट सिकिस्त घाइते भएका नरेन्द्रबहादुरलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
प्रतिक्रिया
