एनपीएलः आज प्लेअफका दुई खेल

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज बुधबार प्लेअफका दुई वटा खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिलो खेल बिहान ९ बजे तेस्रो स्थानको चितवन राइनोज र चौथो स्थानको कर्णाली याक्सबीच हुँदैछ ।

यो खेलको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ ।

आजको दोस्रो खेल दिउँसो १ बजे शीर्ष स्थानको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको जनकपुर बोल्ट्सबीच हुनेछ । यो खेलको विजेता सीधै फाइनलमा पुग्नेछ भने हार्ने टोलीले प्लेअफको विजेतासँग दोस्रो क्वालिफायरमा खेल्नेछ ।

दोस्रो क्वालिफायर खेल भोलि बिहीबार दिउँसो १२ बजे हुनेछ । यो खेलको विजेता फाइनलमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ । फाइनल खेल आउँदो शनिवार हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *