तिनाउ पुलमा गाडी पल्टँदा दम्पतीसहित ३ जनाको मृत्यु

काठमाडौँ । बुटवलको तिनाउ पुलमा बोलेरो गाडी दुर्घटना हुँदा दम्पतीसहित तीन जनाको मृत्यु भएको छ । अनिन्त्रित भइ उक्त गाडी दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा बुटवल-१२ नयाँ गाउँका ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपाने छन् ।

उक्त गाडी अनियन्त्रित भई पुलको डिभाइडरमा ठोक्किएर पल्टिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

गुल्मीमा एक जनाको मृत्यु

गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका-४ दजाकोटस्थित भित्री कच्ची सडक खण्डमा सुप्र १००१ ज १३८५ नम्बरको फोर्स गाडी ओरालो झर्दा मोडमा अनियन्त्रत भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

शुक्रबार बेलुका भएको दुर्घटनामा रेसुङ्गा नगरपालिका वडानम्बर ८ स्थायी घर भएका ४५ वर्षीय रबिन कुमार श्रीसको मृत्यु भएको हो । उपचारका लागि गुल्मी अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *