एनपीएलमा आजः पोखरा-काठमाडौँ, चितवन-जनकपुर
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज शनिबार पनि दुई वटा खेल हुँदैछन् । बिहान ९ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गुर्खाज तथा दिउँसो १ बजे चितवन राइनोज र जनकपुर बोल्ट्सले खेल्दैछन् ।
जनकपुर बोल्ट्स एक खेलअघि नै क्वालिफायरमा पुगिसकेको छ । आज खेल्ने अरू तीन वटा टोलीको पनि क्वालिफायर पुग्ने गणितीय सम्भावना कायमै छ ।
चितवन ६ खेलमा ६ अङ्कसहित चौथो स्थानमा छ । काठमाडौँ ५ खेलमा ४ अङ्कसहित छैटौं तथा समान अङ्कसहित पोखरा सातौं स्थानमा छ ।
प्रतिक्रिया
