४ महिनामा भित्रियो ५ खर्बभन्दा बढी रेमिट्यान्स
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को चार महिनामा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्ष सोही अवधिमा भन्दा यो ९.१ प्रतिशतले बढी हो ।
नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि कात्तिकसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३ अर्ब ८७ करोड पुगेको छ । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ५ खर्ब ६८ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५ खर्ब २१ अर्ब ४३ करोड थियो ।
चार महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ४७ हजार ४७८ छ । यो अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार १०५ छ ।
अघिल्लो वर्षको सोही अवधिमा क्रमशः १ लाख ३७ हजार ४७५ र ६८ हजार ८४१ थियो ।
प्रतिक्रिया
