एनपीएल: दोस्रो खेलमा विराटनगर र चितवन
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आज शुक्रबार हुने दोस्रो खेलमा चितवन राइनोज र विराटनगर किङ्ग्स खेल्दै छन् । कुशल मल्लको कप्तानीमा रहेको चितवन र सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरबीचको खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे सुरू हुनेछ ।
विराटनगर बिहीबारको खेलमा पोखरा एभेन्जर्ससँग सुपर ओभरमा पराजित भएको थियो । यो हारपछि विराटनगरको प्लेअफमा पुग्ने सम्भावना झिनो मात्र बाँकी छ । चितवन पछिल्लो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो ।
आजको खेल चितवनले जितेमा विराटनगर प्लेअफ दौडबाट बाहिरिनेछ । विराटनगरले जिते प्लेअफमा पुग्ने झिनो आशा बाँकी नै रहनेछ ।
टिम चितवन राइनोजः बासिल हामिदरलुक बेनकेन्सटाइन, विपिन रावल, कुशल मल्ल, जान निकोल लफ्टी इटन, रवि बोपारा, सन्तोष कार्की, अमरसिंह राउटेला, दीपक बोहरा, सोहेल तनविर, रिजन ढकाल, रन्जित कुमार
टिम विराटनगर किङग्सः स्मार्टिन गप्टिल, लोकेश बम, निकोलस किर्टाेन, नरेन भट्ट, स्कट एडवाड्र्स, बसिर अहमद, दिपक बोहरा, क्रिस सोल, प्रतिश जिसी, सन्दिप लामिछोन, अनिल खरेल
