एनपीएलमा आजः विराटनगर-पोखरा, जनकपुर-काठमाण्डू
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज बिहीबार हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित टियू मैदानमा बिहान ९ बजे सुरु हुनेछ । दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण छ । प्लेअफ सम्भावना कायम राख्न जित्नैपर्ने आवश्यकता छ ।
यी दुई टिम अन्तिम दुई स्थानमा छन् । पोखरा सातौं र विराटनगर आठौं स्थानमा छ । यस खेलमा जित हात पार्ने टिमको ४ अंक हुनेछ र बाँकी दुई खेल पनि जितेमा बढीमा ८ अंक पुग्नेछ ।
पोखरा एभेन्जर्स सम्भावित ११ः आन्द्रेस गौस, दिनेश खरेल, कुशल भुर्तेल, रेमोन रेइफर, दिलिप नाथ, म्याट क्रिटले, माइकल लिस्क, नारायण जोशी, विपिन खत्री, सागर ढकाल, आकाश चन्द
विराटनगर किंग्स सम्भावित ११ः मार्टिन गप्टिल, लोकेश बम, निकोलस किर्टोन, नरेन भट्ट, स्कट एडवार्ड्स, बसिर अहमद, दिपक बोहरा, क्रिस सोल, प्रतिश जिसी, सन्दिप लामिछे, अनिल खरेल
दोस्रो खेलमा जनकपुर बोल्ट्स र काठमाण्डु गुर्खाज
दोस्रो खेलमा जनकपुर बोल्ट्स र काठमाण्डु गुर्खाज खेल्दै छन् । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेदेखि सुरू हुनेछ । जनकपुरको कप्तानी अनिल शाहले तथा काठमाण्डुको कप्तानी करण केसीले गर्नेछन् । जनकपुरले सुरूवाती चारवटा खेल जितिसकेको छ । बुधबार भने सुदूरपश्चिम रोयल्ससँग ५१ रनमा अलआउट हुँदै पराजित भएको थियो ।
जनकपुरले यसपछि अर्को खेल चितवन राइनोजसँग खेल्ने छ । जनकपुर बोल्ट्स सम्भावित ११ः अनिल शाह, आसिफ शेख, लाहिरु मिलान्था, हर्श थाकर, अरनिको यादव, जिमी नीशम, जोसुआ ट्रोम्प, शेर मल्ल, ललित राजवंशी, किशोर महतो, शुभ कंसाकार
काठमाण्डु गुर्खाज सम्भावित ११ः माइकल लेभिट, स्टेफेन इस्किनाजी, भीम सार्की, सुमित महर्जन, जेरार्ड एरासमस, डान डौथवेट, प्रतिक श्रेष्ठ, करण केसी, रासिद खान, शाहब आलम, दिपेश कँडेल
