पत्रकार महासंघ निर्वाचनः ४ जिल्ला शाखाका अध्यक्ष निर्विरोध चुनिए
काठमाडौँ । नेपाल पत्रकार महासंघका शाखाहरु, प्रदेश समिति तथा केन्द्रीय समितिका पदाधिकारी चयनका लागि मंसिर २८ गते निर्वाचन हुँदैछ । त्यसअघि नै विभिन्न चार जिल्ला शाखामा सर्वसम्मत रुपमा अध्यक्ष निर्वाचित भएका छन् । अन्य जिल्लाका पदाधिकारी चयनका लागि मतदान प्रक्रिया हुँदैछ ।
महासंघका अनुसार खोटाङ, दोलखा, काभ्रे र दाङ जिल्ला अध्यक्ष सर्वसम्मत निर्वाचित भएका हुन् । खोटाङमा हरिबोल आचार्य, दोलखामा प्रभु जिरेल, काभ्रेमा विनोद न्यौपाने र दाङमा सन्तोष सुवेदी अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।
महासंघको महाधिवेशन अन्तर्गत जिल्ला कार्य समितिका निम्ति आज बुधबार मनोनयन दर्ता भएको छ । यसअघि प्रदेश समिति र केन्द्रीय समितिका पदाधिकारीका लागि मनोनयन पत्र दर्ता भइसकेको छ । कतिपय पदहरुमा निर्विरोध चयन भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
