एनपीएलः आजको दोस्रो खेलमा लुम्बिनी र काठमाण्डु भिड्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज बुधबारको दोस्रो खेलमा लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाजबीच प्रतिस्पर्धा हुँदै छ। खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ।

काठमाण्डुको कप्तानी करण केसीले गर्दैछन् भने लुम्बिनीमा रोहित पौडेल कप्तान छन् । अंकतालिकामा काठमाण्डु ३ खेलमा २ अंकका साथ छैटौं स्थानमा छ ।

लुम्बिनी ५ खेलमा समान २ अंक भएपनि नेटरनरेटका आधारमा काठमाण्डुभन्दा एक स्थानमाथि पाँचौंमा छ । लुम्बिनीको प्लेअफ सम्भावनाको झिनो आशा बाँकी नै रहँदा काठमाण्डुलाई पनि जित्नुपर्ने दबाब हुनेछ ।

पहिलो खेलमा चितवनविरुद्ध कम स्कोरमा अलआउट भएको काठमाण्डुले दोस्रो खेलमा ३ विकेटको जित निकाल्दा तेस्रो खेलमा फराकिलो हार व्यहोरेको थियो । काठमाडौंले अब लुम्बिनीपछि जनकपुर, पोखरा र विराटनगरसँग खेल्न बाँकी छ ।

लुम्बिनीको अवस्था भने आफ्नो सबै खेल जितेर अन्य नतिजामा पनि भर पर्नुपर्ने अवस्था छ । लुम्बिनीले पाँचौं खेलमा आएर मंगलबार जित निकालेको थियो ।

लुम्बिनीले अब काठमाण्डुपछि कर्णालीसँग खेल्न बाँकी छ । लुम्बिनीलाई दुईवटै खेल जित्नुपर्ने दबाब छ भने अन्य नतिजामा पनि भर पर्नुपर्ने अवस्था छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *