कर्णालीले पोखरालाई ७ विकेटले हरायो
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको छ। पोखराले दिएको १०४ रनको लक्ष्य पछ्याएको कर्णालीले १५ ओभरमा तीन विकेट गुमाएर भेट्टायो ।
कर्णालीका लागि सबैभन्दा धेरै गुल्सन झाले अविजित ४९ रन बनाए । चाडविक वाल्टनले ४२ रन बनाए । पोखराका विपिन कार्की र सागर ढकालले समान एक विकेट लिए ।
टस जितेर ब्याटिङ गरेको पोखरा १६ ओभर तीन बलमा १०३ रनमा अलआउट भयो । पोखराका दिनेश खरेलले सबैभन्दा धेरै २६ रन बनाए । आन्द्रेस गौसले २५ रन बनाए । कर्णालीका विलियम बोसिस्टोले छ विकेट लिए । यस्तै कप्तान सोमपाल कामी, विपिन शर्मा र युनिस ठकुरीले समान एक विकेट लिए ।
आजको जीतसँगै कर्णाली पाँच खेलमा छ अङ्कसहित चौथो स्थानमा छ भने चार खेलमा दुई अङ्कसहित पोखरा सातौं स्थानमा छ । बुधबार बिहान ९ बजे जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स तथा दिउँसो एक बजे काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ ।
