चितवन राइनोजले सुदूरपश्चिमलाई ३३ रनले हरायो

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज आइतबार भएको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको छ । चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १० बलअघि १३१ रनमा अलआउट भयो ।

सुदूरपश्चिमका इशान पाण्डेले सर्वाधिक ३५ रन बनाए । कप्तान दीपेन्द्रसिँह ऐरी एक रनमै आउट भए । चितवनका अमर राउटेला, जान निको लोफ्टी इटोन, रिजन ढकाल, र कुशल मल्लले समान दुई विकेट लिए।

लगातार तीन खेल जितेको सुदूरपश्चिमको अपराजित यात्रा आजको नतिजासँगै रोकिएको छ । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले पाँच विकेट गुमाएर एक सय ६४ रन बनायो ।

उसका लागि हसन इसाखिलले सर्वाधिक ६५ र रवि बोपाराले ३६ रन बनाए । सुदूरपश्चिमका स्कट गुग्गेलिजनले दुई विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *