गृह जिल्लामा प्रधानमन्त्री ओलीविरुद्ध प्रदर्शन
झापा । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई उनको गृहजिल्ला झापामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।
आइतबार झापाको मेचीनगर इँट्टाभटा नजिक रास्वपाका कार्यकर्ताहरूले प्रधानमन्त्रीविरुद्ध कालो झण्डा देखाएर प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले राजनीतिक प्रतिशोध बन्द गर, प्रहरी दमन मुर्दावाद लगायतका नारा लगाएका थिए ।
विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका झापा क्षेत्र नम्बर ४ का सभापति शम्भु सुस्केरा लगायत केही कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया
