परालले छोपेको अवस्थामा भेटियो ८१ वर्षीया वृद्धाको शव

झापा । झापा गाउँपालिका वडा नम्बर ६ मा एक वृद्धाको हत्या भएको छ । हत्या गरेर गाईवस्तुले घाँस खाने डुँडमा परालले छोपेर राखेको अवस्थामा ८१ वर्षीया फूलमणि सोरेनको शव शनिबार साँझ फेला परेको हो ।

घरका अरु सबै मकै रोप्न गएका बेला फूलमणिको हत्या भएको पाइएको प्रहरीको भनाइ छ । काम सकेर घर फर्किँदा परिवारका सदस्यले घरमा नदेखेपछि खोजी गरेका थिए । त्यस क्रममा डुँडमा परालले छोपेर राखेको अवस्थामा उनको शव फेला परेको थियो ।

वृद्धालाई फरुवाले हानेर हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । घटनास्थलमा फरुवा फेला फेला परेको छ।

प्रहरीले घटनास्थल सिल गरी अनुसन्धान गरिरहेको जनाएको छ । घटनामा संलग्न भएको आशंकामा दुईजनालाई नियन्त्रणमा लिइएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *