तीन खेल जितेको जनकपुर र जीतविहीन लुम्बिनी भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज आइतबारको पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स भिड्दै छन् । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यी दुई टिम बीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।

अनिल शाहको कप्तानीमा रहेको जनकपुरले सुरुवाती तीन खेलमा शतप्रतिशत जित निकालेको छ । ६ अंक जोडेर जनकपुर अंकतालिकामा दोस्रो स्थानमा छ । सुदूरपश्चिम रोयल्स समान अंक भएपनि जनकपुर नेटरनरेटमा पछि छ ।

जनकपुरले उद्घाटन खेलमा विराटनगर किंग्सलाई ८ विकेटले हराएको थियो । कर्णाली याक्स र पोखरा एभेन्जर्सलाई पनि जनकपुरले हराएको थियो । जनकपुर लगातार चौथो खेल जितेर प्लेअफको नजिक पुग्ने लक्ष्यमा छ ।

राष्ट्रिय टिमका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लगातार तीन खेल हारेर पूछारमा छ । एनपीएलमा सहभागी ८ मध्ये लुम्बिनी अहिलेसमसम् जितविहिन टोली हो ।

लुम्बिनीलाई कम्तीमा प्लेअफ सम्भावना कायम राख्न जनकपुरविरुद्ध जित निकाल्नुपर्ने दबाव छ ।

टिम जनकपुर बोल्ट्सः आसिफ शेख, अनिल शाह, लाहिरु मिलान्था, हर्श थाकर, जिम्मी नीशम, आकाश त्रिपाठी, मोहम्मद मोहसिन, हेमन्त धामी, किशोर महतो, ललित राजवंशी, तुल बहादुर थापा

टिम लुम्बिनी लायन्सः उन्मुक्त चन्द, टम मुर्स, रोहित पौडेल, सन्दिप जोरा, विवेक यादव, साद विन जफर, दिनेश अधिकारी, रामोन सिमोण्ड्स, दुर्गेश गुप्ता, सूर्य तामाङ, तिलकराज भण्डारी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *