एनपीएलमा आजः विराटनगर-कर्णाली, लुम्बिनी-सुदूरपश्चिम

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज शनिबार पनि दुई वटा खेल हुँदैछन् ।

बिहान ९ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुनेछ । लुम्बिनीले यसअघिका दुवै खेल हारेको छ भने सुदूरपश्चिमले दुवै खेल जितेर अपराजित छ । चार अङ्कसहित सुदूरपश्चिम तालिकाको दोस्रो स्थानमा छ भने खाता खोल्न नसकेको लुम्बिनी पुछारमा छ ।

आजै दिउँसो १ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्सले खेल्दैछन् । यसअघिका तीन खेलमध्ये विराटनगरले एउटा खेल जितेको छ ।

कर्णालीले पनि तीन खेलमध्ये एउटा मात्रै जितेको छ । समान २–२ अङ्क भएका कर्णाली छैटौं र विराटनगर सातौं स्थानमा छन् । तीन वटै खेल जितेको जनकपुर बोल्ट्स ६ अङ्कसहित एनपीएलको शीर्ष स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *