एनपीएलमा आज : कर्णाली-चितवन, पोखरा-लुम्बिनी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज शुक्रबार पनि दुईवटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा बिहान ९ बजे कर्णाली याक्सले चितवन राइनोजसँग खेल्दैछ ।

यसअघि कर्णालीले खेलेका दुवै खेल हारेको छ भने चितवनले दुवै खेल जितेको छ ।

आजै दिउँसो १ बजे हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स खेल्दै छन् । यसअघि एक खेल खेलेको लुम्बिनी पनि पराजित टोली हो । पोखरा यसअघि खेलुका दुवै खेलमा पराजित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *