सुदूरपश्चिमले काठमाडौँलाई ७३ रनले हरायो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाई ७३ रनले हराएको छ । सुदूरपश्चिमले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको काठमाडौँ १५ ओभर पाँच बलमा ९४ रनमा अलआउट भयो ।

काठमाडौँका लागि स्टेफिन स्किनाजीले सर्वाधिक ३७ रन बनाए । भीम सार्की र गेरहार्ड इरास्मसले १०–१० तथा सुमित महर्जनले १४ रन बनाए । सुदूरपश्चिमका नरेन साउदले पाँच विकेट लिए । यस्तै अविनाश बोहराले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको काठमाडौँले २० ओभरमा ६ विकेट गुमाएर एक सय ६७ रन बनायो । उसका लागि ब्रान्डन म्याकमुलनले सर्वाधिक ५३ रन बनाए । यस्तै कप्तान दीपेन्द्रसिँह ऐरीले ४३ र विनोद भण्डारीले ३५ रन बनाए ।

काठमाडौँका रशिद खानले दुई तथा हेरहार्ड इरास्मस, शहाब आलम र करण केसीले एक–एक विकेट लिए । सुदूरपश्चिमले अहिलेसम्म खेलका दुवै खेल जितेको छ । काठमाडौँले तीन खेलमा एक जीतसहित दुई अङ्क जोडेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *