जनकपुरले पोखरालाई ७ विकेटले हरायो

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहीबारको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ ।

जनकपुरले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको छ । यो जनकपुरको लगातार तेस्रो जित र पोखराको लगातार दोस्रो हार हो ।

जिमी नीशमको अलराउण्ड प्रदर्शन मद्दतमा जनकपुर बोल्ट्स लगातार जित निकाल्न सफल भएको छ ।

लाहिरु मिलान्थाको ४५ रन तथा नीशमको अविजित ४० रन मदतमा १३८ रनको लक्ष्य जनकपुरले १७.१ ओभर खेल्दै १४३ रन बनाएर पूरा गरेको थियो ।

एनपीएलमा आजै दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्स खेल्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *