एनपीएलमा आजः पोखरा-जनकपुर, काठमाडौँ-सुदूरपश्चिम

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज बिहीबार पनि दुई खेल हुँदैछन्। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा बिहान ९ बजे पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्ससँग खेल्दैछ।

पोखरा चितवन राइनोजसँग पराजित भएको टोली हो। जनकपुरले भने यस अघि खेलेका दुईवटै खेल जितेको छ।

आजै दिउँसो १ बजे हुने दोस्रो खेलमा काठमाडौँ गुर्खाज र सुदूरपश्चिम रोयल्स खेल्दै छन् । यसअघि जनकपुरसँग हारेको काठमाडौँले हिजो कर्णाली याक्सलाई पराजित गरेको थियो। सुदूरपश्चिम विराटनगर किंग्सलाई हराएको टोली हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *