बसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृ*त्यु

झापा । झापाको मेचीनगर नगरपालिका–११ तेलीबारीमा बसमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मंगलबार एक जनाको मृत्यु भएको छ ।

धुलाबारीबाट चारआलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४९०९ नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको मे १० प ३५७२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक चन्द्रगढी नगरपालिका–६ का अन्दाजी ४० वर्षीय किसन न्यौपानेको मृत्यु भएको छ ।

गम्भीर घाइते भएका न्यौपानेलाई उपचारका लागि बी एन्ड सी अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेका हुन् । प्रहरीले बस र चालक उदयपुरको चौदण्डीगढी नगरपालिका-६ का विजयकुमार यादवलाई नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *