चितवनको दोस्रो जीत, पहिलो खेलमै पोखरा पराजित
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको छ । प्रतियोगितामा चितवनको यो लगातार दोस्रो जीत हो ।
चितवनले पहिलो खेलमा सोमबार काठमाडौँ गुर्खाजलाई हराएको थियो । पोखराले भने पहिलो खेलमै हार ब्यहोरेको छ ।
आजको खेलमा चितवनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको पोखरा १३ ओभर २ बलमा ७४ रनमा अलआउट भयो । पोखराका नारायण जोशीले सबैभन्दा धेरै ३० रन बनाए । चितवनका सोहेल तानभिर, रिजन ढकाल र लुक बेनकेन्स्टेनले ३–३ विकेट लिए ।
कीर्तिपुरको त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनायो । चितवनका रवि बोपाराले ५१ रन बनाए । पोखराका विपिन खत्री, बास डे लीड र रेमोन रेफरले २–२ विकेट लिए ।
प्रतिक्रिया
