एनपीएलमा आजः विराटनगर-सुदूरपश्चिम, चितवन-पोखरा
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज मंगलबार दुई वटा खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा बिहान ९ बजे सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्ससँग खेल्दैछ ।
दोस्रो खेलमा दिउँसो १ बजे चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । यसअघि विराटनगर जनकपुर बोल्ट्ससँग हारेको थियो भने चितवनले काठमाडौँ गुर्खाजलाई हराएको थियो ।
घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएलमा आठ वटा फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया
