आजको पहिलो खेलमा काठमाडौंँ र चितवन भिड्ने

काठमाडौँ । नेपाल प्रिमयर लिग (एनपीएल) अन्तर्गत आजबाट दिनमा दुईवटा खेल खेलाइने भएको छ । पहिलो खेलमा काठमाडौँ र चितवन राइनोज भिड्दैछन् ।

दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै छन्। पहिलो खेल बिहान ९ः१५ मा सुरु हुनेछ। बसन्त शाही ठकुरीको प्रशिक्षणमा रहेको काठमाडौँ एनपीएलको आफ्नो पहिलो खेलमा सुखद सुरुवातको लक्ष्यमा रहँदा तुलनात्मक रुपमा अन्डर रेटेड रहेको चितवनका प्रशिक्षक उमेश पटवाला आफ्नो अनुभवले काठमाडौँलाई हराउने लक्ष्यमा छन्।

दुवै टिमले अन्तर्राष्ट्रिय अनुभव बटुलेका केही खेलाडी टिममा समेटेका छन्।

टिम काठमाडौँ

करण केसी (कप्तान), भीम सार्की, शाहब आलम, रसिद खान, शंकर राना, सुमित महर्जन, कृष्ण कार्की, दिपेश कँडेल, विवेक केसी, प्रतिक श्रेष्ठ, राजु रिजाल, कृष कार्की, माइकल लेभिट (नेदरल्यान्ड्स), स्टेफन एस्किनाजी (इंग्ल्यान्ड), गेर्राड एरासमस (नामिबिया), डन डाउथवेट (इंग्ल्यान्ड)

टिम चितवन

कुशल मल्ल (कप्तान), रिजन ढकाल, शरद भेषवाकर, बिपिन रावल, दिपक बोहरा,अमर रौटेला, दिपेश श्रेष्ठ, रञ्जित कुमार, सन्तोष कार्की, गौतम केसी, सलाउद्दीन खान, नरबहादुर सार्की, रभी बोपारा (इंग्ल्यान्ड), हसन इसाखिल (अफगानिस्तान), लुक बेन्केन्स्टाइन (इंग्ल्यान्ड) जन निकोल लोफ्टाइ इटन (नामिबिया), सोहेल तन्वीर (पाकिस्तान)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *