विराटनगर किङ्ग्सलाई हराउँदै जनकपुर बोल्ट्सको विजयी सुरुवात

काठमाडौं । शनिबार सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरलाई पराजित गर्दै जनकपुर बोल्ट्सले विजयी सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै जनकपुरले विजयी सुरुवात गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले जनकपुरलाई १२८ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको जनकपुरले २ विकेटको क्षतिमा १५.३ ओभरमा लक्ष्य पुरा गर्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *