एनपीएल विजेता टोलीले १ करोड ११ लाख पाउने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता टोलीले पुरस्कारमा ट्रफीसहित १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । आज भएको एनपीएलको उद्घाटनका क्रममा यो घोषणा गरिएको हो ।

प्रतियोगिताको उपविजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ भने तेस्रो हुने टिमले ३० लाख र चौथोले २० लाख रुपैयाँ पाउने जनाइएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स खेल्दैछन् । सिंगल राउन्ड रोबिनका आधारमा हुने एनपीएलमा लिग चरणमा २८ खेल हुनेछ ।

लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफ हुनेछ । प्लेअफमा पहिलो र दोस्रो हुने टिमबीच पहिलो क्वालिफायर खेल हुनेछ । यस खेलको विजेताले सीधै फाइनलमा स्थान बनाउनेछ भने तेस्रो र चौथो हुने टोलीले एलिमिनेटर खेल खेल्नेछन् ।

एलिमिनेटरमा पराजित हुने टोली बाहिरिँदा एलिमिनेटरको विजेता र पहिलो क्वालिफायरको पराजित टोलीबीच दोस्रो क्वालिफायर खेल हुनेछ । यसको विजेताले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । एनपीएलको फाइनल खेल पुस ६ गते हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *