बिहेमा कुरा नमिल्दा युवकले गरे प्रेमिकाको ह*त्या

जनकपुर । बिहे गर्ने विषयमा विवाद हुँदा एक युवकले आफ्नी प्रेमिकाको हत्या गरेका छन् । प्रहरीका अनुसार धनुषाको जनकनन्दिनी गाउँपालिका–५ उधा टोलकी २० वर्षीया रेखा कुमारी मण्डलको हत्या भएको हो ।

हत्यापछि रेखाको शव खजुरीस्थित आमा खोलानजिक प्लास्टिकको बोरामा राखेर फालेको अवस्थामा मंसिर ८ गते फेला परेको थियो । उनको हत्या आरोपमा धनुषा प्रहरीले जनकनन्दिनी गाउँपालिका–३ का २२ वर्षीय राम ललित खत्वे मण्डल, २० वर्षीय ज्ञानेन्द्र दास र धनुषाको शहिदनगर नगरपालिका ८ नाथपट्टीका २४ वर्षीय रमेशकुमार मण्डललाई प्रहरीले पक्राउ गरेको छ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहका अनुसार रेखाको हत्याका मुख्य आरोपी रामललित हुन् । चार वर्षदेखि रेखा र रामललितबीच प्रेम सम्बन्ध रहेको र विवाह गर्ने विषयमा भएको विवादमा हत्या भएको अनुसन्धानबाट खुलेको उनले बताए ।

रेखाको परिवारले रामललितसँग विवाह सम्बन्ध स्वीकार गर्न नमानेको, रेखाले आफ्नो घरबाट भागेर रामललितलाई बिहे गर्न दबाब दिएको, तर रामललित नेपाली सेनामा जागिर खान फर्म भरेको हुँदा जागिर खाइसकेपछि मात्र विवाह गर्ने भनेकोमा विवाद हुँदै आएको पाइएको प्रहरीको भनाइ छ ।

रामललितले रेखालाई भेटघाटको लागि बोलाउन साथी ज्ञानेन्द्र र रमेशको सहयोग लिएका थिए । रेखा आएपछि उनले ब्लेडले घाँटी रेटी हत्या गरेको अनुसन्धानबाट खुलेको डिएसपी सिंहले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *