एनपीएलका खेल हेर्न त्रिविका विद्यार्थीलाई ५० प्रतिशत छुट

काठमाडौँ । आज शनिबारदेखि सुरू हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका खेलहरु हेर्न टिकटमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले छुट पाउने भएका छन् ।

नेपाल क्रिकेट एसोसिएसन (क्यान) ले विज्ञप्ति जारी गर्दै त्रिविमा अध्ययनरत विद्यार्थीले टिकटको शुल्कमा ५० प्रतिशत छुट पाउने जनाएको हो ।

प्रतियोगिता अवधिभरका लागि त्रिवि मैदान कीर्तिपुरमा हुने खेलहरूका लागि क्यान र त्रिभुवन विश्वविद्यालयबीच भएको सम्झौता अनुसार त्रिविमा अध्ययनरत सबै विद्यार्थीका लागि टिकट खरिदमा ५० प्रतिशत छुट कायम गरिएको विज्ञप्तिमा जनाइएको छ ।

क्यानले लिग चरणका खेलहरूमा जनरल टिकटको ३०० तथा भीआईपी टिकटको ५०० तोकेको छ । त्यसैगरी प्लेअफमा जनरलको ५०० र भीआईपीको ७०० रुपैयाँ तथा फाइनलको दिनमा सामान्यको ५०० र भीआईपी टिकटको १००० रुपैयाँ तोकिएको छ ।

८ टोली सम्मिलित एनपीएल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुँदै छ । उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स खेल्दै छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *