फेरिँदै मौसम, शनिबार उच्च पहाडी भेगमा हिउँ पर्ने

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभावले शुक्रबार देशको पूर्वी पहाडी भेगमा आंशिक बदलीको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अन्य स्थानमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ ।

कोशी प्रदेशका पहाडी भूभागमा दिउँसो आंशिक बदली हुने र राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली देखिने मौसमविज्ञहरुको अनुमान छ । केही स्थानमा छिटपुट वर्षाको सम्भावना रहेको जनाइएको छ ।

शनिबार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *