तराईमा हुस्सु, पहाडका केही स्थानमा पानी पर्न सक्ने
विराटनगर । मंसिर दोस्रो साता सकिन लाग्दा देशभर चिसो बढिरहेको छ । आज पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज बिहान तराईंका केही स्थान तथा पहाडी भेगका एकदुई स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । पश्चिमी वायुको सामान्य प्रभाव रहेको कारण बेलुका कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
प्रतिक्रिया
