झापाको शिवसताक्षीमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा । बोलेरो गाडीको ठक्करबाट झापाको शिवसताक्षीमा एक जनाको मृत्यु भएको छ । ठक्करबाट मोटरसाइकल चालक शिवसताक्षी–८ का अन्दाजी वर्ष ३५ का ललितबहादुर थापा मृत्यु भएको हो ।

शिवसताक्षी नगरपालिका–१ स्थित कमल पुलमा बुधबार बिहान पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ च ८२२१ नम्बरको बोलेरो र विपरीत दिशाबाट जाँदै गरेको मे ६ प २५१४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक थापा गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । उपचारको क्रममा बिहान करिब ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बोलेरो चालक मेचीनगर नगरपालिका–८ का १ वर्षीय विशाल खवासलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *