सुन्दरहरैँचा र बूढीगंगामा दुर्घटना : २ जनाको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैँचा र बूढीगंगामा मंगलबार राति भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–१० बाघझोडामा प्रदेश १–०२–०४६ प ३२१२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ६४ वर्षीया सीता गुरागाईंको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालक २६ वर्षीय भुवन खप्तडीलाई नियन्त्रणमा लिएको छ । मोटरसाइकल चालकको साथमा सवारी चालक अनुमतिपत्र फेला नपरेको प्रहरीले जनाएको छ ।

यस्तै, बूढीगंगा गाउँपालिका–५ मा साइकलबाट लडेर बूढीगंगा–५ का २५ वर्षीय जलेश्वर सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *