ट्रक पल्टँदा २ जनाको मृत्यु
चितवन । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डको नौकिलो भन्ने स्थानमा आइतबार बेलुका भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।
नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख ३४९० नम्बरको चामल बोकेको ट्रक सडक किनारमा पल्टिएको थियो । त्यस क्रममा च्यापिएका मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ का ३८ वर्षीय श्याम बजगाईं र ३१ वर्षीय दीपक दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिकिस्त घाइते दुवै जनाको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका दुई जनाको सोही अस्पतालमा उपचार जारी छ । दुर्घटनापछि फरार ट्रक चालक दिनेश पुडासैनीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया
