दुई मोटरसाइकल जुधेर दुर्घटना हुँदा ३ जनाको मृत्यु

विराटनगर । मोरङको उर्लाबारीमा बिहीबार अपराह्न भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा दुर्घटना भएको हो ।

मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको बताए । दुर्घटनामा परेका दुवै मोटरसाइकल पूर्णरूपमा क्षतिग्रस्त छन् ।

दुर्घटनामा मोरङको पथरीशनिश्चरे नगरपालिका–५ का ४२ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका–४ रमाइलोका २८ वर्षीय किशोर गुरुङ र कानेपोखरी–४ कै २८ वर्षीय अमृत लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धिमाल र गुरुङको अस्पताल पुर्याउनसाथ र लिम्बूको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा पथरीशनिश्चरे–५ का विष्णु धिमाल गम्भीर घाइते भएका छन् । उनको बीएन्डसी अस्पतामा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *