उपनिर्वाचनका उम्मेदवारको अन्तिम टुंगा आज, चुनाव चिह्न दिइने
काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि बुधबार उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुने भएको छ । निर्वाचन आयोगले उम्मेद्वारलाई चुनाव चिह्न पनि आजै प्रदान गर्ने भएको छ ।
अन्तिम नामावली प्रकाशन गर्नु अघि आजै उम्मेदवारलाई नाम फिर्ता लिन समय दिइएको छ । आज बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले सूचना जारी गरेको थियो ।
कार्यतालिका अनुसार दिउँसो ३ बजेसम्म उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।
मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ। कुल ४४ पदमा हुन लागेको निर्वाचनमा ४१० जनाको उम्मेदवारी परेको छ।
प्रतिक्रिया
