ओखलढुंगा समन्वय समितिमा भट्टराई निर्विरोध
ओखलढुंगा । जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुखमा नेपाली कांग्रेसका टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।
रिक्त रहेको उक्त पदका लागि आइतबार उनको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचन आयोगले यसबारे औपचारिक घोषणा गर्न भने बाँकी छ ।
यसैबीच, निर्वाचनमा सहयोग गरेको भन्दै नेपाली कांग्रेसले अन्य राजनीतिक दल एवं सम्पूर्ण जनप्रतिनिधिहरुलाई धन्यवाद दिएको छ ।
प्रतिक्रिया
