खनारको दुर्घटनास्थलमा तनाव, प्रहरीद्वारा हवाई फायर
सुनसरी । सुनसरीको खनारमा बसको ठक्करबाट वालिकाको मृत्यु भएको घटनापछि उत्पन्न तनावका क्रममा प्रहरीले हवाई फायर गरेको छ । मृतकका आफन्त र स्थानीय बासिन्दाले बसमा आगजनी गरेका छन् ।
तनाव बढ्दै गएपछि दुर्घटना स्थलमा ठूलो संख्यामा स्थानीय बासिन्दा भेला भएका छन् । प्रहरीको उपस्थिति पनि बढाइएको छ । आक्रोशित स्थानीयले दुर्घटना गराउने तथा अन्य सवारी साधनमा ढुङ्गामुढा र तोडफोड गरेका छन् ।
त्यस क्रममा अवस्थालाई नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ । विराटनगरतर्फ जाँदै गरेको मे १ ख ४५७४ नम्बरको बसले ठक्कर दिँदासाइकलमा सवार इटहरीको जनता मावि कक्षा ९ मा अध्ययनरत सम्झना यादवको मृत्यु भएको हो ।
प्रतिक्रिया
