एउटा पालिका अध्यक्षका लागि १६ जनाको उम्मेदवारी

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । राजनीतिक दलबाट १५ जना र स्वतन्त्रबाट एक जनाले उम्मेदवारी दिएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा एमालेबाट तुलसीराम विश्वास, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दिनेशकुमार थन्दार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नवीनकुमार विश्वास, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाट धर्मेन्द्रकुमार चौधरी, नेकपा (माओवादी केन्द्र) बाट नमोनारायण माझीले मनोनयन दर्ता गरेका छन् ।

यसैगरी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट पर्शुराम विश्वास थारु, नेपाली कांग्रेसबाट बलराम सरदार थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर विश्वकर्मा र कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहरले उम्मेदवारी दिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार समावेशी समाजवादी पार्टीबाट बोधनारायण माझी, जनता समाजवादी पार्टी नेपालबाट सुरेशकुमार राजवंशीले मनोनयन दर्ता गरेका छन् ।

अध्यक्ष पदका लागि नमनारायण चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । ग्रामथानको अध्यक्षमा एमालेबाट चौधरीसहित ११ जना आकांक्षी थिए । पार्टीले तुलसीराम विश्वासलाई टिकट दिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

२०७९ सालको स्थानीय तह चुनावबाट ग्रामथानको अध्यक्षमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । उनको गत असार ३ गते निधन भएसँगै रिक्त रहेको अध्यक्ष पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *