बसको ठक्करले विद्यार्थीको मृत्युपछि खनारमा तनाव

सुनसरी । सुनसरीको खनारस्थित शान्ति चोकमा बसको ठक्करबाट साइकल यात्री विद्यार्थीको मृत्यु भएको छ । इटहरी हुँदै विराटनगरतर्फ आउँदै गरेको मे १ ख ४५७४ नम्बरको बसले ठक्कर दिँदा कक्षा ९ मा अध्ययनरत सम्झना यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना गराएर भागेको बसलाई सुनसरी–मोरङ सिँचाई आयोजनाको पुलनजिकै स्थानीयले आगो लगाएका छन् । आगजनीबाट जलेर बस पूर्णरूपले ध्वस्त भएको छ ।

बसमा आगजनी हुन थालेपछि यात्रुहरु निस्किएर भागेका थिए । दुर्घटनालगत्तै खनार क्षेत्र तनावग्रस्त बनेको छ । स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बस चालकलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *