कारमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
झापा । झापाको मेचीनगर-७ मा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । काँकडभिट्टाबाट इँटाभट्टातर्फ जाँदै गरेको बा ६० प २५३७ नम्बरको मोटरसाइकलले ‘ब्याक’ गर्दै गरेको बीएए-८६८७ नम्बरको कारलाई पछाडिबाट ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार बिहीबार भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–७ का २५ वर्षीय राजमान विक गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा शुक्रबार राति मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।
कार र चालक रामेछापको खाँडादेवी गाउँपालिका–४ का ३४ वर्षीय दिनेश कँडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया
