जलेर वृद्धको मृत्यु, आगलागीले लाखौँको धनमाल नष्ट

पाँचथर । सदरमुकाम फिदिममा आगोले जलेर घाइते भएका वृद्धको बिहीबार मृत्यु भएको छ । प्रहरीका अनुसार फिदिम नगरपालिका–२ का ६२ वर्षीय जयप्रसाद राईको मृत्यु भएको हो ।

मंगलबार दिउँसो उनको घरमा आगलागी भएको थियो । घरका सामान बाहिर निकाल्ने क्रममा उनी जलेर घाइते भएका थिए । फिदिमस्थित गणेशमान सिंह अस्पतालमा प्रारम्भिक उपचारपछि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएको थियो । अवस्था गम्भीर भएपछि त्यहाँबाट उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो ।

सोही अस्पतालमा उपचार हुँदै गर्दा राईको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीले उनको घरका सरसामान जलेर लाखौं रुपैयाँ बराबरको नोक्सानी भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *