दुर्घटनामा सेनाका सिपाहीसहित दुई जना घाइते
विराटनगर । मोरङको रंगेलीमा बुधबारराति भएको मोटरसाइकल दुर्घटनामा सेनाका जवानसहित दुई जना घाइते भएका छन् । रंगेली नगरपालिका–६ धाधरी पुलमा प्रदेश ०१–०२–०४४ प ६८९७ नम्बरको मोटरसाइकल राति १० बजेतिर अनियन्त्रित भइ बिजुलीको खम्बामा ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक सुनवर्षी नगरपालिका–५ झुँगी टोलका २२ वर्षीय जयकिशोर मण्डल र पछाडि बसेका २० वर्षीय गणेश मण्डल घाइते भएका छन् । प्रहरीका अनुसार जयकिशोर नेपाली सेनाका सिपाही हुन् ।
सुनसरीको इटहरीमा कार्यरत उनी पोखरामा तालिमरत रहेको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर छ । अर्का घाइते गणेशको अवस्था सामान्य रहेको जानकारी प्रहरीले दिएको छ । जयकिशोरको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । गणेशलाई सामान्य उपचारपछि रंगेली अस्पतालले डिस्चार्ज दिएको छ ।
प्रतिक्रिया
