पोखराको सडकमा रवि लामिछानेका समर्थक

पोखरा । सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहेका बेला उनका समर्थकले मंगलबार पोखरामा प्रदर्शन गरेका छन् ।

लामिछानेलाई प्रतिशोधपूर्ण तरिकाले फसाउन खोजिएको दाबी गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् । पोखरास्थित जिरो किलोमा भेला भएर रास्वपाका नेता कार्यकर्तासहितका समर्थकले लामिछानेको पक्षमा प्रदर्शन गरे ।

उनीहरुले लामिछानेको रिहाइको माग गर्दै प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारसँग माग गरे । लामिछानेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि मंगलबार नै कास्की जिल्ला अदालतमा पेस गरिएको छ । उनी गत कात्तिक ३ गते काठमाडौँबाट पक्राउ परेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *