बस दुर्घटनामा २ जनाको मृत्यु, १८ घाइते

काठमाडौँ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् ।

भुमिकास्थान नगरपालिका–५ र ६ को सिमाना जयठाटीमा सोमबार बेलुका ना ३ ख २४७१ नम्बरको बसको ब्रेक फेल भएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बसको ब्रेक फेल भई बाटोमा भैलो खेलिरहेका समूहलाई ठक्कर दिएको प्रहरीको भनाइ छ । घटनास्थलमै एक जना महिलाको ज्यान गएको हो भने उपचारको क्रममा २२ वर्षीय तारा श्रेष्ठको अर्घाखाँची अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *